इजरायली प्रधानमन्त्रीले ‘सहयोगका लागि धन्यवाद’ भनेको देशले इजरायललाई दियो झट्का
काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार ट्वीट गर्दै अहिलेको परिस्थितिमा आफ्नो देशलाई २५ देशहरुले समर्थन गरेको बताएका थिए । तर, उनको दावीलाई खारेज गर्दै बोस्निया हर्जगोभिनाकी विदेश मन्त्रीले आफ्नो देशले यस्तो कुनै समर्थन नगरेको प्रस्ट पारेकी छिन् । बोस्निया हर्जगोभिनाकी विदेशमन्त्री बिसेरा तुर्कोभिचले आफ्नो देशले कहिल्यै इजरायलको समर्थन नगरेको प्रस्ट पारेकी छिन् ।
Povodom objave izraelskog premijera Benjamina Netanyahua zamjenica predsjedavajućeg Vijeća ministara BiH i ministrica vanjskih poslova BiH dr Bisera Turković izdala je sljedeće saopćenje za javnost:
??podržava samo mir i napore za postizanje pravednog rješenja za ??i ?? 1/2
— Bisera Turković (@BiseraTurkovic) May 16, 2021
उनले ट्वीटरमार्फत एक बयान जारी गर्दै भनेकी छिन् ‘बोस्निया हर्जगोभिनाको झण्डाले केवल शान्तिको समर्थन गर्छ र प्यालेस्टाइनी क्षेत्रको झण्डाको लागि एक उचित समाधान प्राप्त गर्ने प्रयासलाई समर्थन गर्छ । इजरायलको झण्डा हिंसा, स्थानइ शान्ति र स्थिरतातर्फ जैलाँदैन । हामी ती आक्रमणहरु तत्काल समाप्त गर्न आह्वान गर्छौं जसमा निर्दोषहरु मारिन्छन् र हामी दुवै देशलाई सहभागी गराउने समाधानको समर्थन गर्छौं । यो मान्दै कि केवल छलफलले नै स्थायी शान्ति ल्याउन सक्छ । हामी ती पहलको पनि समर्थन गर्छौं जो हिंसाको लहर रोक्न सहयोग गर्छन् ।’
विदेशमन्त्रीसहित बोस्निया हर्जगोभिनाका राष्ट्रपति परिषदका बोस्नियाली सदस्य सेफिक जाफेरोभिचले पनि आफ्नो देशले निर्दोष नागरिकको हत्याको समर्थन नगर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘मेरो प्रधानमन्त्री नेतन्याहुलाई यो सन्देश छ कि बोस्निया हर्जगोभिना गाजा क्षेत्रमा इजरायली सैन्य बलले निर्दोष मानिसहरुको हत्या गरेको न समर्थन गर्छ र गर्न नै सक्छ ।’ उनले नेतन्याहूसँग लगातार आक्रमण बन्द गर्न र प्यालेस्टाइनी र इजरायलीको लागि शान्ति स्थापना गर्न योगदान गर्न भनेका छन् ।
??????????????????????????????????????????????????
Thank you for resolutely standing with ?? and supporting our right to self defense against terrorist attacks.— Benjamin Netanyahu (@netanyahu) May 15, 2021
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार बिहान एक ट्वीट गर्दै अहिलेको समयमा इजरायललाई समर्थन गरेका २५ देशलाई धन्यवाद दिएका थिए । यी २५ देशहरुको झण्डामा बोस्निया हर्जगोभिनाको झण्डा पनि समावेश गरिएको थियो । उनले लेखेका थिए ‘आतंकवादी आक्रमणविरुद्ध आत्मरक्षाको हाम्रो अधिकारको समर्थन गर्ने र इजरायलको साथमा बलियोसँग उभिएकोमा तपाइँहरु सबैलाई धन्यवाद ।’







डिसी नेपाल








Facebook Comment