प्रधान सेनापतिद्वारा सैनिक अस्पतालको निरीक्षण
काठमाडौं। प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको समुद्घाटन तथा निरीक्षण गरेका छन्।
उक्त अवसरमा प्रधान सेनापति थापाले मध्य पूर्वी पृतना हेड क्वाटरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा “बर्दिबास सैनिक शिविर” भित्र निर्माण भएको २५ शैय्याको फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका छन्।
नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य साथ निर्माण भएको उक्त फिल्ड अस्पतालबाट डेण्टल प्रोसिजर, वेशिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेण्ट तथा ईमर्जेन्सी सेवा र फार्मेसी सेवाहरु सूचारु हुने छन्।
सैनिक आवासीय महाविद्यालय, बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रम अन्तर्गत २ नम्बर प्रदेश अन्तर्गतका ८ वटा जिल्लाहरुबाट २–२ जनाको दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई समेत पूर्ण छात्रवृत्ति सहित समावेश गरी यसै शैक्षिक सत्रबाट (२०७८ असार महिना) कक्षा ६ संचालन हुने र प्रत्येक बर्ष क्रमशः कक्षाहरु थप गर्दै लैजाने योजना रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment