इजरेली आक्रमणमा जिहादी कमाण्डर मारिएको दावी
तेल अवीव (एजेन्सी)। इजरेली सेनाले आक्रमणमा जिहादी कमाण्डर मारिएको दावी गरेको छ। इस्लामिक जिहादी कमाण्डर इजरेली सेनाको हवाई आक्रमणमा मारिएको इजरेली सेनाले दावी गरेको हो।
इजरेली सेनाले इस्लामिक जिहादका उत्तरी गजा डिभिजनका कमाण्डरको मृत्यु ट्वीट गर्दै जानकारी दिएको छ। उसले एन्टी ट्यांक मिसाइल आक्रमणमा सहभागी कमाण्डर हुसाम अबू हरबीदको मृत्यु भएको बताएको छ। तरइस्लामिक जिहादले सो मृत्युबारे पुष्टि भने गरेको छैन। तर, समाचार एजेन्सी रोयटर्ससले स्रोतको हवाला दिँदै अबू हरमीदको मृत्यु भएको पुष्टि गरेको छ।
पछिल्लो एक हप्ता एता प्यालेस्टाइनी र इजरेली सेनाबीच हिंसा भड्एिको छ। इजरेली सेनाले आइतबार र सोमबार आक्रमण जारी राखेको छ। हालसम्म आक्रमणमा २ सयभन्दा धेरै प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक दर्जन इजरेली पनि मारिएका छन्।
उता इजरेली भूमिमा रहेका अरबी मुस्लिम र यहुदीबीच पनि झडपका घटनाहरु बढेका छन्। मध्यपूर्वको यो घटनालाई लिएर मुस्लिम देशरु इजरेलप्रति आक्रमक भएका छन्। मुस्लिम देशहरुको संगठनले पनि इजरेली आक्रमणको विरोध गरेका छ।
तर, अमेरिका लगायतका पश्चिमा मुलुकहरुले भने इरजेललाई आत्मरक्षा गर्ने अधिकार रहेको भन्दै प्यालेस्टाइनी लडाकु समूह हमासको आलोचना गरेका छन्। हमासले हजारौं रकेट इजरेलतर्फ प्रहार गरे पनि इजरेली डिफेन्स सिस्टमले त्यसलाई प्रधावहीन पारिदिएको छ।







डिसी नेपाल








Facebook Comment