७ दिन भित्र कोरोना नियन्त्रणको कार्ययोजना ल्याउन सरकारका नाममा आदेश

डिसी नेपाल
३ जेठ २०७८ २०:२१
188
Shares

काठमाडौं। कोरोना नियन्त्रणका लागि ७ दिनभित्र कार्ययोजना ल्याउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ। सर्वोच्चले सोमबार कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार दिएको आदेशमा औषधि, अक्सिजनलगायत स्वास्थ्य सामाग्रीको विषयमासमेत कार्ययोजना ल्याउन आदेश दिएको छ।

संक्रमितको उपचारमा सहज र समान पहुँच सुनिश्चित गर्न, प्रदेश र स्थानीय तहमा पनि उपचार हुने पूर्वाधार तयार गर्न आदेश दिएको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर रिटमाथि सोमबार सुनुवाई भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *