पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइको निधन

डिसी नेपाल
३ जेठ २०७८ २०:५३
1.6k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष स्व. सुर्य बहादुर थापाका भाइ हरेन्द्रबहादुर थापाको निधन भएको छ ।

८८ वर्षीय थापाको हृदयघातबाट काठमाडौंको मालिगाउँमा निधन भएको हो । थापा नेपाली सेनाका पूर्वमेजर तथा भुतपूर्व सैनिक संघका उपाध्यक्ष समेत थिए । उनका तीन छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ । अन्त्येष्टिमा नेपाली कांग्रेसका सह(महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापा लगायत आफन्तजन र जिल्लावासिहरु उपस्थित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.