कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण जरुरी

डिसी नेपाल
३ जेठ २०७८ २१:५१
104
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्यमाकुमारी अर्यालले कृषि क्षेत्रको विकास गर्न यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)द्धारा आयोजित ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०÷२५ प्रतिशत किसानको पहुँच रहेको बताइन् ।

एक पालिका एक नर्सरी नारा लगाएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उनले उच्च स्तरका सिकाइका लागि इजरायलको प्रविधि नेपाल ल्याउने सम्झौता भइसकेको जानकारी दिइन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्छ भन्छन् । नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै उनले कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताए ।

इञ्जिनियर देवराज निरौलाले कृषिसँग इञ्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.