जब दीपिकाले रणवीरलाई रंगेहात पक्राउ गरिन्

डिसी नेपाल
२९ कार्तिक २०७५ १३:१२

एजेन्सी। दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरेकी छन्। करिव ६ वर्षसम्म डेट गरेपछि उनीहरु औपचारिक रुपमा श्रीमान श्रीमती भएका छन्। रणवीर सिंह भन्दा पहिला दीपिकाको चर्चित अफेयर रणवीर कपुरसँग थियो। दुवैबीच फिल्म ‘बचना ए हसीनों’ सेटमा भेट भएको थियो। तर, चाँडै उनीहरुबीच ब्रेकअप पनि भयो। रणवीर कपुरले कैटरिना कैफकालागि दीपिकालाई छोडेका थिए।

त्यसो त दीपिकाले पनि एक अन्तर्वाताका क्रममा रणवीर कपुरसँग ब्रेकअप हुनाको कारण खुलाएकी थिइन्। ‘मलाइ मुर्ख बनाइँदै थियो। म यस्तो रिलेशनशीपमा किन थिएँरु त्यो भन्दा राम्रो त म एक्लै भएको भए हुन्थ्यो। सुरुमै कसलाई थाहा हुन्छ ररु फेरि मैले उनलाई रंगेहात फेला पारेँ। बाहिर निस्किन मलाइ केही समय लाग्यो। तर मैले जे देखेँ, पछि फर्किन केही बाँकी नै रहेन,’ अन्तर्वाताा दीपिकाले भनेकी थिइन्।

दीपिकाले आफूलाई रणवीर कपुरले धोका दिएपछि आफूहरुको रिलेशनशीपमा केही लगत रहेको निष्कर्ष निकालिन्। उनले कसैको बानी नै त्यस्तै भएपछि त्यस्ता व्यक्तिको साथ छोड्नु नै उचित लागेको बताएकी थिइन्।

उक्त अन्तर्वातामा दीपिकाले रणवीरसँग ब्रेकअप भएपछि आफू पूरै निरास भएको बताएकी छन्। त्यही कारण नै उनलाई डिप्रेशन भयो। एक्लो महशुस नहोस भनेर उनले आफूलाई काममा व्यस्त राख्न थालेकी थिइन्। ‘रणवीरसँग ब्रेकअप भएपछि मलाइ के लाग्यो भने कसैसँग पनि धेरै नजिक हुनु हुँदैन, ब्रेकअप पछि म धेरै रोएँ। तर पनि म एक राम्रो मानिस बन्न सकेँ,’ उनले भनेकी छन्।

यो अन्तर्वाताा दीपिकाले सेक्सका विषयमा पनि आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्। आफ्ना लागि सेक्स केवल फिजिकल हुनुमात्र नभएको उनले बताएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *