उपत्यकाका ३ जिल्लासहित देशभरका ३१ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

डिसी नेपाल
४ जेठ २०७८ १२:०३
352
Shares

काठमाडौं । देशभरका ३१ भन्दा बढी जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या ५ सय बढी पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार निषेधाज्ञाको समय लुकिछिपी हिडडुल गर्ने, स्वास्थ्य मापदण्ड पालना नगने, अत्यावश्यक कामको बाहाना बनाएर अनावश्यक हिडडुल गरेकाले संक्रमितको दर घटन नसकेको हो।

‘अझै पनि झण्डै ४१ प्रतिशत मानिसहरु बाहिर हिडिरहेको पाइन्छ,’ डा. अधिकारीले भने, ‘संक्रमण रोकथाम, नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको अझै पनि बुझी नबुझी लुकिछिपी वा खुल्मखुल्ला उल्लंघन भइरहेको देखिन्छ, ति जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरू सार्वजनिक स्थलहरूमा खुलेआमा हिडिरहेको देखिन्छ।”

पाँचसय भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुलाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिममा राखेको डा. अधिकारीको भनाइ छ। उनका अनुसार प्रदेश १ का ३ जिल्ला, प्रदेश २ का ३ जिल्ला, बाग्मती प्रदेशका १० जिल्ला रहेका छन्। यस्तै, गण्डकी प्रदेशका ५ जिल्ला, लुम्बिनी प्रदेशका ६ जिल्ला, कर्णालीको सुर्खेत र सुदूरपश्चिमका ३ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *