बेलायती सेनामा कार्यरत मण्डल थेबेको कलाकारितामा जम्ने रहर

डिसी नेपाल
४ जेठ २०७८ १६:२८
228
Shares

काठमाडौँ । बेलायती सेनामा कार्यरत ताप्लेजुङका मण्डल थेबेलाई देख्दा जो कोही हेरेको हेर्यै हुन्छन् । कारण हो उनका सुगठित हात पाखुरा र लोभलाग्दो शरीर । चट्ट मिलेको जिउडाल हेर्दा जसले पनि सैनिकको हुलिया भएको ठम्याउने ३१ वर्षको लक्का जवान मण्डल अहिले बेलायती सेना बाहेक मोडलको परिचय समेत बनाएर जिन्दगीको रथलाई अगाडी बढाउँदैछन् । नेपाली सेनाको छँदा खाँदाको जागिर छाडेर बेलायती सेनामा भर्ती हुँदा बाबुले देश छोड्यो भनेर रोएका मण्डलका बाबु आमाका आँखामा अहिले न गरिबीको पिडा छ नत छोरो टाढा भएकोमा पहिला जस्तो सुर्ता । बेलायती सेनाका आर्मी छोरालाई अहिले बा आमाले घर गाउँमा नै बसेर म्यूजिक भिडियोको हिरोको रुपमा देख्न पाउँदा बा आमाका आँखामा खुशी छन् । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर दिने मोडल थेवेले बताए।

मण्डलले गायिका पारु राईएको तिम्रो तृष्णामा अभिनय गरेर आफ्ना कला कौशल देखाएका छन् । पारु र भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूको स्वर रहेको गीतको भिडियोमा मण्डलसँग सुन्दरी पारुको अनस्क्रिन रोमान्स रहेको छ । बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन्। नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन्। भिडियोमा करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे र पारु राईका अलावा विकाश लिम्बू र वृक्षा लिम्बूले अभिनय गरेका छन्। भिडियोमा मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ। नेपाल छँदै संगीतको आधारभूत शिक्षा लिइसकेकी गायिका राईले प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको बताइन्। पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमै बस्दै आएकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *