उत्तरी अमेरिकामा रहेका नेपालीहरु नेपालका लागि सहयोग जुटाउँदै

डिसी नेपाल
४ जेठ २०७८ २२:१२

वासिंगटन। उत्तरी अमेरिकामा रहेका नेपालीहरुले कोरोनाको महामारीको दोस्रो लहरको चपेटामा परेको नेपालका लागि सहयोग जुटाउन सक्रियता देखाएका छन्। उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको संस्था एसोसिएशन अफ नेपलिज इन द अमेरिकाज (एएनए) ले आफ्नो वेबसाइट https://ana1983.org/ मा आर्थिक संकलनको लाइभ अपडेट हुनेगरी Home page थपेको छ।

सामाजिक संजाल मार्फत सहयोगको आह्वान गरेर आर्थिक संकलन जुटाइरहेका सवै आर्थिक सहयोगहरु कुन कुन संस्था मार्फत कति संकलन भयो एकै ठाउबाट हेर्न र डोनेट समेत हेर्न मिल्ने गरी यो फिचर बनाइएको छ। यो गोफण्डमी र फेसबुक फण्ड रेजर आर्थिक संकलन तथा एएनए वेबसाइटसँग समन्वय गरी लाइभ हेर्न मिल्ने गरिएको जानकारी संस्थाका अध्यक्ष विजयराज भट्टराईले बताए।

नेपालमा बढ्दो कोभिडको प्रभावसँगै विदेशबाट सहयोग गर्ने क्रम तीब्र भैरहेको छ। व्यक्ति तथा सामाजिक संघ संस्थाहरु ज जसले सहयोगको निमित्त आह्वान गरे ती सबै अर्थ संकलन कर्ताहरुलाई आफूले संकलन गरेको रकम कहाँ, कति र कसरी खर्च गरिएको जानकारी गराए डुप्लिकेट इफोर्ट नहुने र नेपालमा सहयोग अझ प्रभावकारी हुने साथै दाताहरुको निमित्त पारदर्शी समेत रहने भएकाले आर्थिक संकलन कर्ताहरुलाई सो वेबसाइटको म्क्ष्क्ऋग्क्क्क्ष्इल् ब्ल्म् ग्एम्ब्त्भ्क् कमेन्ट मार्फत जानकारी गराउन समेत एएनएले अनुरोध समेत गरेको छ।

गोफण्डमी र फेसबुक फण्ड रेजर बाहेक पनि अन्य धेरै संस्थाहरुले आन्तरिक रुपमा धेरै आर्थिक सङ्कलन गरेका छन्। यसरी सार्वजनिक र आन्तरिक गरी करिव अमेरिकाबाट मात्र पाँच लाख डलर भन्दा बढी आर्थिक संकलन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *