कोरोना अपडेटः थप ८ हजार १७३ जनामा संक्रमण, २४६ जना मृतक थपिए

डिसी नेपाल
५ जेठ २०७८ १६:३८
2.0k
Shares

काठमाडौं । बुधबार नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन परिक्षणमा क्रमशः ८ हजार ४४ र १०९ जना गरी ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४६ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ५ हजार ६५७ जनाको मृत्यु भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ७१३ रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना निको भएका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.