इजरेल–हमास संघर्षः हमासलाई यति धेरै रकेट कहाँबाट प्राप्त भए ?

डिसी नेपाल
९ जेठ २०७८ २१:३९
21.1k
Shares

गाजा (एजेन्सी)। इजरेल र गाजाबीच ११ दिनसम्म चलेको संघर्ष अहिले रोकिएको छ। तर यस शान्तिलाई लामो समयसम्म टिकाउन प्रयासहरु भइरहेका छन्।
इजिप्टको एक टोली शनिबार पनि इजरेलमै थियो। उता अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन आगामी हप्ता मध्यपूर्व भ्रमणमा आउन सक्ने जनाइएको छ।

इजरेल र र गाजामा नियन्त्रण राख्ने प्यास्टाइनी लडाकु समूह हमास आ आफ्नो जितको दावी गरिरहेका छन्। यो संघर्षमा गाजामा २५० भन्दा धेरैको मृत्यु भयो।
शुक्रबार युद्धविराम लागु भएपछि इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हवाई आक्रमणबाट हमासको सैन्यशक्ति समाप्त पार्नु ‘असाधारण सफलता’ भनेका थिए। उनले भनेका थिए, ‘यदि हमासले रकेटका मामुली बाछिटालाई सहन्छौं भन्ने लागेको छ भने उनीहरु गलत छन्।’

उता शमासले यसलाई आफ्नो जित भन्दै पछिल्लो संघर्षले नयाँ चरणको ढोका खोलेको र त्यसमा जित प्राप्त हुने बताएको छ।

आम वस्तुबाट रकेट

यो संघर्षमा दुबै पक्ष आ आफ्नो जितको दावी गरिरहेका छन्। तर, यसमा सबैभन्दा धेरै जनधनको इाति गाजाको भएको देखिएको छ।

यो संघर्षमा इजरेलको आयरन डोम मिसाइल सिस्टम उसका लागि ठूलो रक्षात्मक हतियारका रुपमा देखियो। जसले हजारौं रकेट आक्रमणलाई प्रभावहीन बनायो।
तर हमासले इजरेलमा ४ हजारभन्दा धेरै रकेट कसरी प्रहार गर्यो? उससँग यति धेरै हतियार कसरी पुगे। जबकी गाजाको सीमामा इजरेल र इजिप्टको कडा नाकाबन्दी छ।

समाचार एजेन्सी रोयटर्सले विश्लेषक र अधिकारीहरुको हवाला दिँदै गाजामा आम मानिसले प्रयोग गर्ने वस्तु र ईरानी विशेषज्ञताबाट घरेलु रकेट बनाएको दावी गरेको छ।

हमासले रकेट बनाउनका लागि पाइप, चिनी र कंक्रिटको प्रयो गरेको दावी छ। तर इजरेललाई अब चुनौती के छ भने, गाजाको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समूदायबाट यी सामानहरु फेरि गाजा पुग्नेछन्।

रोयर्टसका अनुसार २०१४ मा इजरेल र गाजाबीच भएको हिंसापछि हमास र उसको साथी संगठन प्यालेस्टाइनी इस्लामिक जिहादले आफ्नो रकेटको क्षमता र संख्या निकै बढाएका छन्।

ईरानमाथि आरोप

एक वरिष्ठ यूरोपेली अधिकारीले नाम नबताउने शर्तमा समाचार एजेन्सीसँग भनेका छन्, ‘यो पटक हामी हमासको क्षमता देखेर चकित परेका छौं। उसँग लामो दूरीका रकेट पनि छन्। यस्तो पहिला थिएन। यो सबै ईरानका कारण भएको हो।’

इजरेलले संघर्षका क्रममा हमास, इस्लामिक जिहाद र अन्य लडाकु समूहले ४, ३६० रकेट प्रहार गरेको जनाएको छ। तर ती मध्ये ६८० रकेट भने गाजामै खसेका थिए। विश्लेषकहरुले धेरैजसो रकेट कम दूरीकार कम गुणस्तरका रहेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयका पूर्व आतंकरोधी समन्वयक डेनियल बेंजामिन भन्छन्, ‘यी रकेट बनाउन निकै सजिलो छ। उनीहरु फलामको ट्युब र पाइम प्रयोग गर्छन्। तपाई विश्वास गर्नुहोस् वा नगर्नुहोस् प्रयाः इजरेली मिसाइलका टुक्राहरुको पनि उनीहरु प्रयोग गर्छन्।’

वाल स्ट्रीट जर्नल पत्रिकासँग एक इजरेली अवकास प्राप्त् ब्रिगेडियर जनरल एफरेम सनेहले रकेटबारे भने, ‘डिजाइन त ईरानी जस्तै छ। तर यी स्थानीय उत्पादन हुन्।’

सो पत्रिकाले ईरानले हमासलाई फरक तरिकाले सहयोग गरेको उल्लेख गरेको छ। ईरानले हमासलाई डिजाइन दिने र त्यसमा आम वस्तु पाइप, कोस्टर आयल र इजरेली हतियारका टुक्रा प्रयोग गरेर रेकट बनाइने गरिएको वाल स्ट्रीट जर्ननलले उल्लेख गरेको छ।

विहीबार इजरेली प्रधानमन्त्री नेतन्याहूले गाजाका लडाकुलाई ईरानले सहयोग गरेको आरोप लगाउँदै यदि ईरानले गरेको सहयोग हटाउने हो भने यी संगठन केही हप्तामै सखाप हुने बताएका थिए।

अल जजीरामा प्रकाशित एक रिपोर्टका अनुसार यसै हप्ता ईरानी रिभोल्यूशनरी गार्ड्सका प्रमुख हुसेन सलामीले इजरेलविरुद्धको लडाइँमा ईरानले प्यालेस्टाइनीको समर्थन गरेको र ईरानकै समर्थनमा रकेट बनाएको बताएका थिए।

ईरान र हमासको सम्बन्ध

ईरान र प्यालेस्टाइनी लडाकु समूह हमास तथा प्यालेस्टाइनी इस्लामिक जिहादबीचको सम्बन्ध गोप्य छैन। गएको हप्ता ईरानको सरकारी टिभीमा ईरानको एलीट कुद्स फोर्सका जनरल इस्माइल कानीले हमास नेता इस्माइल हनियेहको नैतिक समर्थन गरेका थिए।

प्यालेइस्टाइनी लडाकु समूह आफ्नो सैन्य शक्ति बढाउनका लागि स्थानीय स्तरमा बनेका वस्तुको उपयोग गर्छन्। एक इजरेली अधिकारीले वाल स्ट्रीट जर्नलसँग प्यालेस्टाइनीहरुले फाइबर ग्लासबाट ड्रोन बनाउने र फलामको पाइप र नुन कास्टर आयलबाट रकेटको इन्धन बनाउने गरेको बताएका थिए।

हमासले हाल स्थानीय स्तरमै रकेट बनाइरहेको छ। जबकी उसले गाइडेन्स सिस्टमयुक्त हतियार बनाउन सकेको छैन। यी सबै बनाउनका लागि गाजामा उनीहरुलाई आधुनिक प्रविधि, विशेषज्ञ र तालिमको आवश्यक पर्छ। तर हालै हमासले शोहाब नामको एक ड्रोन हतियार बनाएको दावी गरेको थियो। यसको जो भिडियो जारी गरिएको थियो, त्यसमा चिनियाँ इन्जिन र ५० डलरमा पाइने जीपीएस सिस्टम प्रयोग गरिएको थियो। तर हमासको यो ड्रोन इजरेलको आयरन डोम सिस्टमका अगाडि टिक्न सकेन।

फोब्र्सको एक रिपोर्ट अनुसार यस ड्रोनको डिजाइन यमनमा ईरान समर्थित हुथी विद्रोहीले प्रयोग गर्ने जस्तै थियो। ईरान इन्टरनेशनले पनि हालै एक रिपोर्टमा प्यालेस्टाइनी ड्रोन पुराना ईरानी मोडलको आधारमा बनाइएको हुनसक्ने उल्लेख गरेको थियो।

रेकट एकमात्र हतियार

प्यालेस्टाइनी लडाकु समूहले इजरेलमा आक्रमणका लागि वर्षौदेखि रकेटको प्रयोग गर्दै आएका छन्। २००५ मा गाजाबाट इजरेल जानुभन्दा पहिला गाजास्थित इजरेली वस्तीहरुमा प्यालेस्टाइनी गाउँबाट कम दुूरीका मोर्टार र रकेट प्रहार हुन्थे।

गाजाको चारैतर्फ इजरेली नाकाबन्दी २००३ मा वेस्ट ब्यांकमा कब्जापछि हमाससँग रकेटकोमात्र विकल्प छ।

इजिप्टका पहिलो लोकतान्त्रिक राष्ट्रपति मोहम्मद मोर्सी २०१३ मा सत्ताबाट हटाइनुअघि सम्म इजिप्टको सिनाई द्वीपको फ्याक्ट्रीमा बनेका मिसाइलहरु हमासलाई मिल्थे।

तर इजिप्टका हालका राष्ट्रपति अब्दुल फतह अलसीसी सत्तामा आएपछि जागाका सुरुङहरु नष्ट गरिएका छन् र हमासको पहुँच हतियारबाट टाढिएको छ।

एक इजरेली अधिकारीले रोयटर्सलाई बताएअनुसार इजिप्टले यस्तो कारबाही गरेपछि हमासले ईरानी सहयोगमा स्थानीय स्तरमै रकेट बनाउनु परेको हो। ईरानी सहयोगमा हमासले २०० किलोमिटरसम्म आक्रमण गर्नसक्ने रकेट बनाइरहेको छ। जसमा १०० किलोको टीएनटी र बारुद पनि हुनेछ। एक ईरानी अधिकारीका अनुसार हतियार बनाउनका लागि गाजामा हमासका कम्तिमा तीन वटा फ्याक्ट्री छन्।

संघर्षको अन्तिम दिनमा इस्लामिक जिहादका नेता जाएद एल नखालाले आफ्ना हतियारबारे टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘चुपचाप बसेको संसारले हाम्रो हतियारबारे जानकारी पाउनुपर्छ। हामी अमेरिकी उद्योगबाट सबैभन्दा उन्नत हतियारको सामना गरिरहेका छौं। तर हाम्रा हतियार पानीका पाइप हुन् जसलाई प्रतिरोधका इन्जिनियरहरुले रकेटमा परिवर्तन गरिदिएका छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.