अष्ट्रेलियाका विश्वविद्यालहरुद्वारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह
सिड्नी। अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ। कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलिया फर्किन पाएका छैनन्।
अष्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन। महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।
जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन्। अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ।
यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment