चीनको छन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना

डिसी नेपाल
१० जेठ २०७८ २१:५६
56
Shares

काठमाडौं । सरकारले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा महावाणिज्य दूतावास स्थापना गरेको छ । आजै त्यसको समुद्घाटन पनि भएको छ ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको राष्टिय झण्डा फहराएर तथा राजदूत पाण्डेसहित सिचुवान प्रान्तीय सरकारका उपराज्यपाल ली युञ्ज, छन्दु नगरका प्रमुख वाङ फेङचाओ तथा चिनियाँ परराष्ट्र मन्त्रालयको कन्सुलर विभागका महानिर्देशक कुई एइमिनले महावाणिज्यदूतावासको ताम्रपत्र अनावरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा राजदूत पाण्डेले प्राचीन कालदेखि नै पारस्परिक विश्वास, समझदारी र असल छिमेकीपन नेपाल–चीन सम्बन्धका विशेषता भएका बताउँदै शान्ति, समृद्धि र विकासका साझा प्रयासमा दुवै देशले एकअर्कालाई अमूल्य सहयोग गर्दै आएका छन् भने । उपराज्यपाल लीले महावाणिज्य दूतावास स्थापनासँगै चीन र नेपालबीच व्यापार, लगानी, पर्यटन तथा जनता–जनताबीचको सम्पर्कमा सहजीकरण हुने विश्वास व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार कार्यक्रममा छन्दुस्थित कूटनीतिक नियोगका पदाधिकारी, सरकारी अधिकारी, उद्यमी, सञ्चारकर्मीलगायत उपस्थित थिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *