पूर्व गृहमन्त्री रावलले भने जस्तै पर्सामा नागरिकता लिनेको भीड लागेको छ? प्रशासनले दियो यस्तो जवाफ

डिसी नेपाल
१० जेठ २०७८ २२:०९
8.2k
Shares

काठमाडौं। पूर्व गृहमन्त्रीसमेत रहेका नेता भीम रावलले सोमबार अपराह्न एक ट्वीट गरे। उनको ट्वीट गम्भीर विषयमा थियो। उनले ट्वीटमा निषेधाज्ञाको समयमा पर्सा जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिनका लागि भारतीयहरुको ठूलो भीड लागेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोपित गरेका थिए।
कोरोना महामारी नियन्त्रणका लागि लामो समयदेखि निषेधाज्ञामा रहेको पर्सामा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको बेला यसरी नागरिकता वितरण भएको रावलको ट्वीटरले हल्लीखल्ली बनायो।

उनको ट्वीटर संवेदनशील हुनुको अर्को कारण थियो – आाइतबारमात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको नागरिक ऐन संशोधन अध्यादेश। यो अध्यादेशले भारतीयहरुले नागरिकता पाउने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेका बेला पूर्वगृहमन्त्रीसमेत रहेका रावलको ट्वीट झन विवाद बढाउन मद्दत गरेको छ।
तर, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले प्रशासन कार्यालयबाट हाल नागकिरता वितरणको सेवा बन्द रहेको जानकारी दिएका छन्। उनले प्रशासन कार्यालयमा कुनै भीड नरहेकोसमेत बताएका छन्।

उता पत्रकार चन्द्र किशोरले रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै भ्रमपूर्ण ट्वीट गरिएको भन्दै आलोचना गरेका छन्। उनले गृहमन्त्रीसमेत भइसकेको मान्छेले अफवाह फैलाएको भन्दै त्यसलाई रोक्न भनेका छन्। उनले लेखेका छन्, ‘यदि तपाई उही बरिष्ठ राजनीतिकर्मी र पूर्व गृहमन्त्री हो भने , सर जी यसरी अफवाह फैलाउने काम तत्काल रोक्नुस। जय नेपाल, जय नेपालवासी।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *