महोत्तरीमा अहिलेसम्म ५९ को मृत्यु, गाउँ सिल
सांकेतिक तस्वीर
महाेत्तरी । कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ।
कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् । पैँतीस जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार २४० ले कोरोना जितेका छन्।
यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सो वडालाई आज बिहानदेखि सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार भङ्गहा–४ स्थित रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय सङ्क्रमित फेला परेपछि आजदेखि सो गाउँलाई पूर्णरूपमा सिल गरिएको हो।
सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ । भित्रबाट बाहिर आउजाउसमेत पूर्ण प्रतिबन्ध लगाइएको प्रजिअ भट्टराईले बताए।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment