ब्लड मूनः विश्वका कैयौं मुलुकमा देखियो अद्भुत दृश्य (फोटोफिचर)
काठमाडौं। बधबार यो वर्षको पहिलो चन्द्रग्रहण लागेको छ। यो चन्द्र ग्रहण यसअघिका ग्रहणभन्दा फरक र विशेष छ। यो पटक चन्द्रमा पृथ्वीको नजिक पनि छ।
त्यसैले यसलाई सुपर मून पनि भनिएको छ। त्यतिमात्र होइन, ग्रहणले गर्दा चन्द्रमा चम्किलो नभई रातो देखिएको छ। जसलाई ब्लड मून भनिएको छ। यो चन्द्रग्रहण नेपालबाट भने देखिएको छैन। तर विश्वका कयौं मुलुकहरुबाट देखिएको छ। चन्द्रमाको रातो अवतारलाई ब्लड मून भनिएको छ।
पूर्वी एशिया, अस्ट्रेलिया, प्रशान्त र अमेरिकाबाट यो चन्द्र ग्रहण देखिएको छ। र चन्द्र ग्रहणका अद्भुत तस्वीरहरु विभिन्न अन्र्राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा प्रकाशित भएका छन्। यो चद्र ग्रहण नेपालमा नदेखिने भएकाले यसको प्रभाव नेपालमा नहुने ज्योतिषहरुले बताएका छन्।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment