प्रिया प्रकाशपछि आर्की युवतीको आँखा झिम्क्याएको भिडियो भाइरल (भिडियो)
एजेन्सी । डान्सर तथा बिग बोस ११ की कन्टेस्टेन्ट समेत रहेकी सपना चौधरी कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन्।
यो पटक उनी एक भिडियोका कारण चर्चामा छिन्। जसमा उनी आँखा झिम्क्याइरहेको अवस्थामा देखिएकी छिन्। सपना चौधरीको यो भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल हुँदै गएको छ। यो भिडियो सपनाको आफ्नो इंस्टाग्राममा नभइ फ्यान क्लब ह्याण्डलबाट शेयर गरिएको छ।
यो क्लबले आँखा मारिरहेका सपनाका दुई भिडियो शेयर गरेको छ। सपना एक भिडियोमा आफ्नो पहेँलो रंगको टपमा देखिएकी छिन् भने उनी गाडीमा छिन्। यस भिडियोमा सपनाले प्रेमले क्यामेरामा हेरेर आँखा मारेको अवस्थामा देखिएकी छिन्।
सपनाको यो भिडियो देखेपछि भाइरल साउथ इण्डियन स्टार प्रिया प्रकाशको आँखा मारेको र हातले बन्दुक चलाएको भिडियोको याद आउने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment