भारतको १४ हजार करोड चोरेर गायब भएका मेहुल चौकसी समातिए
काठमाडौं। भारतको पंजाब नेशनल बैंकबाट १४ हजार करोड रुपैयाँ घोटाला गरेर गायक भएका हीरा व्यापारी मेहुल चौकसी डोमिनिकामा समातिएका छन् । भारतबाट भागेर क्यारेबियन देश एन्टिगुआमा गएर बसेका मेहुल चोकसीलाई एन्टिगुआले भारतलाई सुम्पिन सक्ने खतरा बढेपछि उनी त्यहाँबाट पनि भागेका थिए । त्यहाँबाट भागेर समुद्रको बाटो क्युबा जान लागेका बेला उनलाई डोमिनिकाले समातेको हो ।
चौकसी बीचमा समातिएसँगै उनलाई भारत ल्याउन सकिने सम्भावना बढेको भन्दै भारतीय अनुसन्धान एजेन्सी उत्साहित भएका छन् । मेहुलसँग एन्टिगुआको नागरिकता छ त्यसैले उनलाई त्यहाँबाट प्रत्यार्पण गरेर भारत ल्याउन कानुनी कठिनाइ भएको थियो । तर, उनी भाग्ने क्रममा डोमिनिकामा समातिएपछि उनलाई प्रत्यार्पण गर्न सजिलो हुन सक्छ किनकि उनीसँग डोमिनिकाको नागरिकता छैन र अन्तर्राष्ट्रिय कानुनअनुसार डोमिनिकाले उनलाई उनकै देशलाई प्रत्यार्पण गर्न सक्छ ।
मेहुलसँग भारतीय नागरिकता पनि भएको र उनी भारतमा अपराध गरेर फरार भएका कारण उनलाई भारतलाई प्रत्यार्पण गर्न सकिने सम्भावना छ । एन्टिगुआको सरकारले पनि डोमिनिका सरकारसँग उनलाई भारतलाई नै प्रत्यार्पण गरिदिन भनेको छ । इन्टरपोलको तर्फबाट पनि मेहुलविरुद्ध रेड कर्नर नोटिस जारी भएकोले डोमिनिका उनलाई भारतलाई सुम्पिन सक्छ । तर, यदि कुनै कानुनी समस्या भएमा डोमिनिकाले एन्टिगुआलाई नै सुम्पिन पनि सक्छ ।







डिसी नेपाल








Facebook Comment