बिहे गर्दागर्दै बेहुलीको मृत्यु भएपछि सालीसँग बिहे, बिहे चलिरहँदा त्यहीँ रह्यो दिदीको लाश

डिसी नेपाल
१३ जेठ २०७८ १२:५४

काठमाडौं। विवाहको कार्यक्रम चलिरहेका बेला अचानक बेहुलीको स्वास्थ्य बिग्रियो र उनी बेहोस भएर ढलिन् । उनलाई तत्कालै डाक्टरलाई देखाइयो तर डाक्टरले उनलाई मृत घोषित गरिदिए । एक्कासी अप्रत्याशित स्थिति आएपछि दुवै पक्षले सरसल्लाह गरे र त्यही मण्डपमा उनै बेहुलासँग बेहुलीकी बहिनीको बिहे गराइयो । बहिनीको बिहे चलिरहँदा मृतक दिदीको शव घरमै एक कोठामा राखिएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार घटना भारतको उत्तर प्रदेशको इटावा जिल्लाको हो । २५ मेका दिन यहाँको भरथना क्षेत्रमा बेहुली सुरभिको बिहे बेहुला मंजेश कुमारसँग भइरहेको थियो । बिहेको कार्यक्रम चलिरहेको थियो । बेहुला बेहुलीले एक अर्कालाई वरमाला लगाए । बेहुलीको सिउँदो पनि भरियो । सात परिक्रमाको लागि बेहुला र बेहुली पक्षमा तयारी भइरहेका बेला अचानक बेहुली बेहोस् भएर ढलिन् र एकैछिनमा उनको मृत्यु भयो । डाक्टरले बेहुलीको मृत्यु हृदयाघातका कारण भएको बताएका थिए ।

घटनाले खुसीको माहोलमा एकाएक हाहाकार मच्चियो । त्यसपछि दुवै पक्षले सल्लाह गरेर बेहुलीकी बहिनी निशाको उनै बेहुलासँग बिहे गराउने तय गरे । बहिनीको बिहे भइरहँदा दिदीको शव घरकै एक कोठामा राखियो । बहिनी निशालाई बेहुलाको घर विदा गरेपछि दिदी सुरभिको अन्तिम संस्कार गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *