साउदी प्रवेशमा नयाँ नियम, स्वास्थ्य बिमा अनिवार्य

डिसी नेपाल
१३ जेठ २०७८ १५:४४
504
Shares

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो देश प्रवेश गर्ने प्रत्येक विदेशी नागरिकका लागि नयाँ नियम लागू गरेको छ ।

राउदी अरेयिबास्थित रियादमा रहेको नेपाली दूतावासले प्रकाशित गरेको सूचनाका अनुसार कोरोना भाइरसको संक्रमण रोकथामका लागि साउदी सरकारले यहि २४ मेदेखि लागू हुने गरी आफ्नो देशमा प्रवेश गर्ने विदेशी यात्रुका लागि नयाँ नियम जारी गरेको हो ।

सूचनाका अनुसार साउदी अरबमा प्रवेश गर्दा ८ वर्ष उमेरभन्दा माथिका सबैले आफ्नो ७२ घण्टाभित्र पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट बोकेको हुनुपर्ने साथै कोभिड विरुद्धको खोपको सबै डोज लगाइसकेको प्रमाण साथमा हुनुपर्ने ।

त्यस्तै, साउदी जाने व्यक्तिको अनिवार्य स्वास्थ्य बीमा हुनुपर्ने अर्थात् भिजिट भिसामा साउदी जाने यात्रुले कोरोना संक्रमणको उपचार समेत कभर गर्ने किसिमको स्वास्थ्य बीमा अनिवार्यरुपमा गरेको हुनुपर्ने छ ।

र, साउदी प्रवेश गर्ने नागरिकले सात दिन अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने । तर, खोपको सबै डोज लगाई सकेकाले क्वारेन्टिनमा बस्नु नपर्ने व्यवस्था लागू गरेको छ ।

त्यसैगरी, दूतावासले जारी गरेको सूचनाका अनुसार यदि कसैले साउदी सरकारले जारी गरेको सो नियमको उल्लघंन गरेमा पुनः साउदी अरब जान नपाउने गरी फिर्ता गरिने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *