उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील नेपाली दलका संस्थापक संयोजक उज्वल थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।
केहीदिन अघि कोरोना संक्रमण भएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । विहिबार ग्राण्डी अस्पतालमा थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। हाल थापालाई ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल सारेर भेन्टिलेटरमा राखेर उपचार भइरहेको आलोक सुवेदीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
यसैबीच थापाको स्वास्थ्य उपचारका लागि गोफन्डलगायतबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।
उनको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग संकलन गर्न सकिने सुवेदीले उल्लेख गरेका छन्।
साथै खल्ती र ईसेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment