यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली (सूचिसहित)

डिसी नेपाल
१५ साउन २०८३ १०:०५

काठमाडौं। पाकिस्तानस्थित काराकोरम हिमशृङ्खलाको आठ हजार ४७ मिटर अग्लो ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोही बेपत्ता भएका छन्।

बिहीबार दिउँसो करिब १२ बजे हिमपहिरो गएपछि आरोहण टोलीसँगको प्रत्यक्ष सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

बेपत्ता हुनेहरूमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।

यस्तै ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी मल्लोरी गाइस पनि हिमपहिरोमा परी सम्पर्कविहीन भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *