थाइल्याण्डका राजाले पठाए स्वास्थ्य सामाग्री
काठमाडौं। नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ।
थाइल्याण्ड नरेश महा बजिरालोङकनले उपलब्ध गराएका ती सामाग्री आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमानर्फत काठमाडौं आइपुगेका छन्।
त्रिभुवन अन्तराष्टिय विमानस्थलमा स्वाथ्य सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विषेश परिस्थितिमा नेपालका लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपूर्ण रहेको बताए। उनले भने, ‘थाई नरेशप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु।’

उनले नेपाललाई आपतपर्दा अन्तर्राष्ट्रिय समूदायले निरन्तर सहयोग जारी राखेको बताए।
ती सामाग्री थाइल्याण्डका राजदूत भोसिता भोरासावले स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरे। मन्त्री त्रिपाठीले थाई सरकारले गरेको महत्वपूर्ण सहयोगप्रति नेपाल सरकारले थाई नरेश र जनतालाई धन्यवाद दिन चाहेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले थाई राजदूतावास मार्फत थाई नरेशलाई पत्र पठाएर सहयोग मागेकी थिइन्। सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पर्ने सामाग्रीको सूची पठाएपछि सोही आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य समाग्री उपलब्ध गराएको हो।
नरेश महा बजिरालोङकनबाट थाई रोयल एडको रुपमा ती स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो। नेपाललाई थाई राजदरवारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाई राजकीय विहार वाट बोभर्नका उप प्रमुख भिक्षु फ्रा देव शाक्य बंशपण्डित अर्थात फ्रा डा. अनिल शाक्यसँग शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न संभव भएको हो।

नेपाली राजदूतावास मार्पmत थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले नेपाललाई सहयोग गर्न निर्देशन जारी गरेका थिए। सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पीपीई गाउन ,१० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस शिल्ड, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको छ। ती सामाग्री बाहेक थाई राजकुमारीले ७ हजार थान पीपीई गाउन उपलब्ध गराएकी छन्।







डिसी नेपाल







Facebook Comment