उज्ज्वल थापाको अवस्था थप गम्भीर

डिसी नेपाल
१६ जेठ २०७८ १९:०६
592
Shares

काठमाडौं। साझा विवेकशील पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था थप गम्भीर भएको छ। काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको पछिल्लो स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्रले जानकारी दिएका छन्।

उनले ट्वीटरमार्फत थापाको स्वास्थ्यबारे जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘उज्वल थापाको स्वास्थ अवस्थाबारे अपडेटः उज्वलजीको स्वास्थ्य अवस्थामा अवस्था अत्यन्तै गम्भीर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अनुग्रहित छ। प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!’

कोरोना संक्रमित थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। आइतबार नै उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। थापा नेपालमा वैकल्पिक राजनीतिको मुद्दालाई उठाउने एक राजनीतिज्ञ हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *