नेपाल आइडलबाट बाहिरिएपछि यस्तो भन्छन् क्रिसल कँडेल
काठमाडौं । नेपाल आइडलको अन्तिम आठबाट क्रिसल कँडेल बाहिरिएका छन्।
धादिङकाका कँडेल नेपाल आइडलबाट बाहिरिएपछि सबैलाई सान्दर्भिक तथा मन छुने कुरा बताएका छन् उनले भनेका छन्, ‘म हारेर बाहिरिएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु। नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा बोकेर आएको छु।’
जीवनभर गीतसंगीतमै लाग्ने प्रण गर्दै आगामी दिनमा अझ बढी मेहनत गर्ने वाचा गरे उनले। नेपाल आइडलजस्तो राम्रो प्लेटफर्म पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झँदै उनले नेपाल आइडल कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए।
पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका क्रिसलले रेडियोमा गीत सुनेरै गीत गाउने सीप सँगालेका थिए। घरमा हुँदा उनका दाइले पनि गीत गाउने गर्थे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment