सार्वजनिक ठाउँ हो तर मास्क लगाउन पाइँदैन, मास्क लगाउनेलाई जरिवाना !

डिसी नेपाल
१८ जेठ २०७८ १०:१९

काठमाडौं। कोरोनाभाइरस महामारी फैलिँदै जाँदा आजभोलि मास्क लगाउनु सामान्य भइसकेको छ । हामीले घरबाहिर निस्किँदा लगभग सबैजसो मानिसहरु मास्क लगाएका देख्छौं । हाम्रै देशमा पनि मास्क नलगाइ सार्वजनिक ठाउँमा जाने मानिसहरुलाई जरिवाना तिराइने नियम लागू गरिएको छ । विश्वका अधिकांश देशले सार्वजनिक ठाउँमा मास्क लगाउन अनिवार्य बनाएका छन् । तर, अमेरिकामा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ मास्क लगाउन पाइँदैन ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको फिडलहेड्स क्याफे आफ्नो नियमका कारण चर्चामा छ । यो रेस्टुरेन्टका मालिक क्रिस कासलम्यान हुन् । फक्स न्यूजका अनुसार उनी पहिलेदेखि नै कोरोनाभाइरसका कारण लागू गरिएका गाइडलाइनको विरोधी थिए । उनी कोरोना भ्याक्सिनका समर्थक पनि होइनन् । क्रिसले लकडाउनका कारण अमेरिकालाई धेरै नोक्सानी भएको मान्छन् । अमेरिकाका क्यालिफोर्निया र हवाइ राज्यमा अझै पनि मास्क लगाउनुपर्ने नियम छ तर क्रिस भने आफ्नो रेस्टुरेन्टमा आउने ग्राहकले मास्क लगाउन् भन्ने चाहँदैनन् ।

उनको रेस्टुरेन्टको पहिलो नियम हो यदि कोही रेस्टुरेन्टमा मास्क लगाएको देखियो भने ५ डलर जरिवाना तिराइन्छ । यो रेस्टुरेन्टमा कोरोनाभाइरस भ्याक्सिनको प्रशंशा गर्न पनि पाइँदैन । यदि कसैले आफूले भ्याक्स्नि लगाएको भन्दै भ्याक्सिनको प्रशंशा वा प्रचार गरेको पाइएमा उसलाई पनि ५ डलर जरिवाना तिराइन्छ । फक्स न्यूजसँग कुरा गर्दै क्रिसले जरिवानाबाट उठेको रकम स्थानीय परोपकारी संस्थालाई दिइने बताए ।

क्रिसले रेस्टुरेन्टको बाहिर नै सूचना राखेर यहाँ मास्क लगाएमा र भ्याक्स्निको प्रचार गरेमा जरिवाना ति।ाइने जानकारी दिएका छन् । उनका अनुसार केही मानिसहरु बाहिरबाटै यो मास्क देखेपछि फर्किन्छन् । केही भने यो पैसा परोपकारी संस्थालाई जाने थाहा पाएपछि रेस्टुरेन्टमा आउँछन् । क्रिसका अनुसार उनी अझै केही महिना यो नियम लागू गर्ने सोचमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *