आइसोलेसनमा एक्लै बस्दा दिक्क भएकी सासूले बुहारीलाई अंगालो हालेर कोरोना सारिदिइन्
काठमाडौं। आफू कोरोना संक्रमित भएपछि घरमा एक्लै बस्दा दिक्क भएकी एक महिलाले आफ्नी बुहारीलाई जबरजस्ती अंगालो हालिदिएर कोरोना भाइरस सारिदिएकी छिन् । आफू कोठामा एक्लै बस्नु परेको र आफूसँग कोही पनि भेट्न नआएकोमा ती महिला आहत थिइन् ।
टाइम्स अफ इण्डियाका अनुसार ती बुहारीको जाँच गर्दा उनी पनि संक्रमित भएको पाइयो । त्यसपछि बुहारीलाई भारतको तेलंगना राज्यको सोमरिपेटास्थित घरबाट बाहिर निकालियो । पछि ती बुहारीकी बहिनीले उनलाई रन्जना सिरसिला जिल्लाको थिम्मापुरमा रहेको माइती लिएर गइन् । बुहरी करिब २५–२६ वर्षकी भएको समाचारमा जनाइएको छ ।
बुहारीले टाइम्स अफ इण्डियासँग कुरा गर्दै बताएअनुसार उनकी सासु संक्रमित पाइएपछि परिवारका सदस्यहरु उनीबाट टाढा भएकोमा सासुलाई नराम्रो लागेको थियो । ‘सासुले मलाई पनि कोरोना संक्रमण हुनुपर्छ भन्दै मलाई अंगालो हाल्नुभयो’ उनले भनिन् । उनका अनुसार सासुले आफूलाई अंगालो हाल्ने बेला ‘म मरेपछि तिमीहरु खुसीले बाँच्छौ ?’ भनेकी थिइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment