आइसोलेसनमा एक्लै बस्दा दिक्क भएकी सासूले बुहारीलाई अंगालो हालेर कोरोना सारिदिइन्

डिसी नेपाल
२० जेठ २०७८ १७:५१

काठमाडौं। आफू कोरोना संक्रमित भएपछि घरमा एक्लै बस्दा दिक्क भएकी एक महिलाले आफ्नी बुहारीलाई जबरजस्ती अंगालो हालिदिएर कोरोना भाइरस सारिदिएकी छिन् । आफू कोठामा एक्लै बस्नु परेको र आफूसँग कोही पनि भेट्न नआएकोमा ती महिला आहत थिइन् ।

टाइम्स अफ इण्डियाका अनुसार ती बुहारीको जाँच गर्दा उनी पनि संक्रमित भएको पाइयो । त्यसपछि बुहारीलाई भारतको तेलंगना राज्यको सोमरिपेटास्थित घरबाट बाहिर निकालियो । पछि ती बुहारीकी बहिनीले उनलाई रन्जना सिरसिला जिल्लाको थिम्मापुरमा रहेको माइती लिएर गइन् । बुहरी करिब २५–२६ वर्षकी भएको समाचारमा जनाइएको छ ।

बुहारीले टाइम्स अफ इण्डियासँग कुरा गर्दै बताएअनुसार उनकी सासु संक्रमित पाइएपछि परिवारका सदस्यहरु उनीबाट टाढा भएकोमा सासुलाई नराम्रो लागेको थियो । ‘सासुले मलाई पनि कोरोना संक्रमण हुनुपर्छ भन्दै मलाई अंगालो हाल्नुभयो’ उनले भनिन् । उनका अनुसार सासुले आफूलाई अंगालो हाल्ने बेला ‘म मरेपछि तिमीहरु खुसीले बाँच्छौ ?’ भनेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *