मन्त्रिपरिषदद्वारा स्वास्थ्यकर्मीमाथि हुने कुटपिटबारे अध्यादेश सिफारिस

डिसी नेपाल
२० जेठ २०७८ २२:२५
328
Shares

काठमाडौं। सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने कुटपिट तथा तोडफोड नियन्त्रण गर्न कानुन ल्याउने भएको छ। सरकारले अध्यादेशमार्फत कानुन ल्याउने तयारी गरेको हो। विहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्यकर्मीमाथि हुने कुटपिटबारेको अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

अध्यादेशमा स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिबाना हुने व्यवस्था गरिएको छ। यस्तै अस्पतालमा आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था अध्यादेमा रहेको एक मन्त्रीले जानकारी दिए।

हालै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित विरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए। अस्पतालमा विरामीको मृत्यु भएपछि मृतकका आफन्तले कुटपिट र तोडफोड गर्ने गरेको भन्दै स्वास्थ्यकर्मीहरुले उनीहरुमाथि कडा कारबाहीको माग गर्दै आएका थिए। सरकारले कानुन बनाएर त्यसलाई नियन्त्रण गर्ने तयारी गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.