निशान भट्टराईको ‘गफै लगाउँछौ’ सार्वजनिक

डिसी नेपाल
२१ जेठ २०७८ ११:४१
112
Shares

काठमाडौं । पहिलो नेपाल आइडलका फस्ट रनरअफ निशान भट्टराईको ‘गफै लगाउँछौ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा निशान भट्टराईसँगै वसन्ती हमालको स्वर रहेको छ । हिमान्शु शाहीको शब्द तथा संगीत रहेको ‘गफै लगाउँछौ’ बिहीवार सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा निर्दैशक सन्तोष बानियाँ र मोडल लिजा क्षेत्रीको अभिनय रहेको छ ।

उत्तम हुमागाईको छायांकन तथा नविन निरौलाको सम्पादन रहेको भिडियोलाई सन्तोष बानियाँले निर्माण गरेका हुन्। गीतमा निर्देशक सन्तोष बानियाँ र मोडल लिजा क्षेत्रीलाई कोरियोग्राफर सुवोल थापाले नचाएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.