सेनाका अधिकृतलाई अदम्य साहसका लागि प्रशंसापत्र प्रदान
काठमाडाै। संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान गरेको छ।
जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको सो मुलुकमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पु-याएको योगदानलाई राष्ट्र सङ्घले उच्च प्रशंसा गरेको हो।
अस्थायी परिचालनका लागि तैनाथ नेपाली शान्ति सैनिकले गत मङ्सिरमा क्यइवेत नजीक हतियारधारी जातीय समूहबीच उत्पन्न भएको हिंसात्मक झडपमा बफर जोनका रुपमा परिचालन भई कार्य गरेको जनाउँदै राष्ट्रसङ्घीय महासचिवबाट प्रशंसापत्र प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेना शान्ति सैनिकले छोटो समयमा लिएको अदम्य साहस र पहल कारण त्यहाँ ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो। सम्भावित ठूलो जातीय हिंसात्मक झडप हुनबाट रोक्न सफल भएकामा उक्त कार्यको कदरस्वरुप सहसेनानी विष्टलाई प्रशंसापत्र प्राप्त भएको सेनाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment