अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशनः कोरोनाको तेस्रो र चौथो लहर आउन सक्छ, बेड छुट्याउनू

डिसी नेपाल
२१ जेठ २०७८ १७:०३
164
Shares

काठमाडौं। सरकारले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै तयारी अवस्थामा रहनुपर्ने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै तयारी अवस्थामा रहन भनेको छ।

मन्त्रालयले देशभरका सबै अस्पतालहरुलाई निर्देशन दिँदै कोरोनाका लागि बेड छुट्उयान भनेको छ। मन्त्रालयले भनेको छ, ‘स्वीकृत बेडको २० प्रतिशत बेड कोभिड १९ संक्रमित बालबालिकाको उपचारका लागि प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ।’

मन्त्रालयले सरकारी, निजी, सामूदायिक सबै अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो। देशमा हाल कोरोनाको दोस्रो लहरले हाहाकार मच्चाइरहेको छ। र विज्ञहरुले तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका छन्।

तेस्रो लहरमा बालबालिका बढि प्रभावित हुने चेतावनी दिइएको छ। तर विश्व स्वास्थ्य संगठनले तेस्रो लहरमा बालबालिका प्रभावित हुने निश्चित नभएको जनाएको छ।

कोरोनाको पहिलो लरहमा ज्येष्ठ नागरिक बढि प्रभावित भएका थिए भने दोस्रो लहरमा युवाहरु बढि प्रभावित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.