महतोको अभिव्यक्तिपछि रविन्द्र मिश्रको प्रतिक्रियाः देश बाह्य र आन्तरिक खतराको बाटोमा छ, सजग हौं

डिसी नेपाल
२२ जेठ २०७८ १८:२९
284
Shares

काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री तथा जसपाको महन्थ ठाकुर समूहका नेता राजेन्द्र महतोले देशमा बहुल राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएपछि उनको आलोचना भइरहेको छ। यसैक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पनि आलोचना गरेका छन्। उनले देश बाह्य र आन्तरिक खतराको बाटोमा गएको भन्दै बेलैमा सबै सजग हुनुपर्नेसमेत बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट ुबहूल राष्ट्रिय राज्यका लागि आन्दोलनको तयारी गर्नेु अभिव्यक्ति आउनु अचम्मको कुरा होइन१ यही ताल हो भने देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छ। ढिलो गरि आएको चेतना शिक्षा होइन,पश्चतापमा सीमित हुन्छ।बेलैमा सबै सजग हौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.