यौन दुर्व्यवहारमा परेका राउटे युवतीलाई सुरक्षा दिन आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यौन दुर्व्यवहारमा परेका राउटे समुदायका युवतीलाई समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा दिन आग्रह गरेको छ।
राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
आइतबार आयोगका प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै राउटे समुदायका दुई युवतीलाई यौनजन्य कार्य गर्न बाध्य बनाएकाले उनीहरूलाई समुदायले नै अस्वीकार गर्ने सम्भावना देखिएको र ज्यान नै जोखिममा पर्ने बताएका छन्।
आयोगले ती युवतीको गोपनीयताको संरक्षण, स्वास्थ्य परिक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न आग्रह गरेको हो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा सुर्खेतको गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुनलाई आइतबार बिहान पक्राउ गरेको हो।

No ads found for this position


डिसी नेपाल
Facebook Comment