प्रधानन्यायधीश विरामी परेपछि संवैधानिक इजलास बस्न सकेन
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज नबस्ने भएको छ। प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा बिरामी परेका कारण आज उक्त इजलास नबस्ने भएको बताइएको छ।
प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। उक्त रिटको सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरिएको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पुनस्र्थापना गर्नका लागि विपक्षी गठबन्धनले रिट दायर गरेका थिए। आज बस्न नसकेको संवैधानिक इजलास आउने बुधबार बस्ने बताइए छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment