प्रधानन्यायधीश विरामी परेपछि संवैधानिक इजलास बस्न सकेन

डिसी नेपाल
२४ जेठ २०७८ १०:४६

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज नबस्ने भएको छ। प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा बिरामी परेका कारण आज उक्त इजलास नबस्ने भएको बताइएको छ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। उक्त रिटको सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरिएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पुनस्र्थापना गर्नका लागि विपक्षी गठबन्धनले रिट दायर गरेका थिए। आज बस्न नसकेको संवैधानिक इजलास आउने बुधबार बस्ने बताइए छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *