युइएफए च्याम्पियन्स लिगको रोमाञ्चक सुरुवात: रियल, सिटी, डर्टमुन्ड र भिल्लाको सुखद यात्रा

डिसी नेपाल
२४ भदौ २०८३ ६:५२

काठमाडौं। युइएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजन रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरूसँगै सुरु भएको छ।

गएराति सम्पन्न लिग चरणका पहिलो खेलहरूमा युरोपेली दिग्गज टोलीहरू रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बोरुसिया डर्टमुन्ड र एस्टन भिल्लाले जित दर्ता गर्दै सुखद सुरुवात गरेका हुन्। यस सिजनको च्याम्पियन्स लिगको पहिलो गोल गर्ने ऐतिहासिक सफलता भने एस्टन भिल्लाका कप्तान जोन म्याकगिनले आफ्नो नाममा गराए।

साविक विजेता रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबाउमा पूर्वप्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रहेको इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गर्‍याे।

खेलको १४ औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा फेडेरिको भालभेर्देले अग्रता दोब्बर बनाए। इन्टरका कार्लोस अगस्टोले एक गोल फर्काए पनि हार टार्न सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका भालभेर्दे ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यस्तै, म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब पोर्टोको मैदानमा २-० को सहज जित निकाल्यो। सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले दुवै गोल गरे। दोस्रो हाफमा हेडमार्फत पहिलो गोल गरेका हालान्डले इन्जुरी समयमा दोस्रो गोल थप्दै च्याम्पियन्स लिगका ५९ खेलमा ५९ गोलको कीर्तिमान बनाए।

पहिलो रातका अन्य खेलहरू पनि गोलको वर्षा र रोमाञ्चक मोडले भरिएका थिए। बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा भियारियाललाई ३-२ ले पराजित गर्यो, जसमा सेर्हो गिरासीले दुई गोल गरे। २१ वर्षपछि च्याम्पियन्स लिगमा पुनरागमन गरेको स्पेनिस क्लब रियल बेटिसले १-० ले पछि परेको अवस्था उल्ट्याउँदै फ्रान्सको लिललाई ३-२ ले हरायो। बेटिसका लागि मार्क बार्ट्राले दुई र ट्रोय पारोटले एक गोल गरे।

यस्तै, एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-२ ले हरायो भने ग्रीक क्लब एथेन्सले अस्ट्रियाको एलएएसकेलाई १-० ले पछाडि पार्दै २० वर्षपछि च्याम्पियन्स लिगमा पहिलो जित हात पार्यो।

प्रतियोगिताअन्तर्गत आज राति बार्सिलोनाले फेयेनूर्डको सामना गर्नेछ भने लिभरपुल र एथलेटिको म्याड्रिड आमनेसामने हुनेछन्। यस्तै स्टटगार्टले भाइकिङ, पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एस. ब्रातिस्लाभा, स्पोर्टिङ सीपीले गलातासारे तथा नापोलीले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *