भारतमा तिहारसम्म निःशुल्क खाद्यन्न उपलब्ध गराउने मोदीको घोषणा

डिसी नेपाल
२४ जेठ २०७८ १८:४१
276
Shares

नयाँ दिल्ली (एजेन्सी)। कोरोना महामारीका कारण समस्यामा परेका गरिवहरुलाई भारत सरकारले भारतमा आगामी तिहारसम्म निःशुल्क खाद्यन्न उपलब्ध गराउने भएको छ। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खाद्यन्न निःशुल्क वितरण गरिने बताएका हुन्।

उनले विश्व पछिल्लो एक शताब्दीकै सबैभन्दा ठूलो त्रासदीमा रहेकोसमेत उनले बताएका छन्। उनले सम्बोधनका क्रममा १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप लगाइनेसमेत घोषणा गरेका छन्। उनले सरकारमाथि विभिन्न दबाबहरु आए पनि भारतले कोरोना विरुद्धको लडाइँमा उदाहरणीय काम गरेको दावी गरेका छन्।

भारतमा कोरोनाको दोस्रो लहरमा निकै नकरात्मक असर गरेको थियो। दैनिक पाँच लाखसम्म मानिसहरु संक्रमित भए भने दैनिक ४५ सयसम्म मानिसहरुको मृत्यु भएको भारतीय सरकारी तथ्यांक छ। र भारतमा अक्सिजनको कमीका कारण अस्पतालहरुमा कोरोना संक्रमितको मृत्युसमेत भएको थियो। प्रधानमन्त्री मोदीले इतिहासमै भारतमा सबैभन्दा धेरे मेडिकल अक्सिजनको माग भएकोसमेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.