महिलाले श्रीमानका लागि ढोका खुल्लै राखेर सुत्दा छिमेकी घरभित्र पसेर बलात्कार

डिसी नेपाल
२५ जेठ २०७८ ९:४३
3.4k
Shares

काठमाडौं। भारतको नोएडाको गौतम बुद्ध नगरमा झस्काउने खालको बलात्कारको घटना भएको छ । नोएडाको फेस २ को भंगेल क्षेत्रमा एक महिला घरभित्र सुतेकी थिइन् । उनका श्रीमान छतमा सुतिरहेका थिए । महिलालाई आफ्ना श्रीमान राती उठेर घरभित्र आउँछन् भन्ने लागेको थियो त्यसैले उनले घरको ढोका खुल्लै राखेर सुतेकी थिइन् ।

भारतीय मिडियाका अनुसार घरको ढोका खुल्लै देखेपछि छिमेकका एक युवक छतको बाटो घरभित्र पसेर महिलालाई बलात्कार गरे । पुलिसले सूचनापछि मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरेको छ । जाँच अधिकारीले भारतीय मिडियालाई बताएअनुसार यी महिलाले छिमेकका रिंकु नामका एक युवकमाथि बलात्कारको आरोप लगाएकी छिन् । रिंकुले महिलालाई डर धम्की देखाएर कुटपिट पनि गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.