इजरेलद्वारा सिरियामा मिसाइल आक्रमण
दमास्कस (एजेन्सी)। इजरेलले सिरियामा मिसाइल आक्रमण गरेको सिरियाली अधिकारीहरुले जनाएका छन्। तर, सो आक्रमण सिरियाली मिसाइल डिफेन्स सिस्टमले असफल पारिदिएको सिरियाली सेनको स्रोतले जनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सहरुले उल्लेख गरेका छन्।
तर केही अन्य केही संगठनहरुले भने इजरेली मिसाइल आक्रमणमा केही मानवीय क्षति भएको दावी गरेका छन्। सिरियन अब्जभेटरी फर ह्यूमन राइट्स संगठनले राजधानी दमास्कस, होम्स र अन्य केही सहरमा विस्फोटका घटना भएको जनाएको छ।
नौ जुनमा लेबनानतर्फबाट इजरेली मिसाइल आक्रमण भएको र त्यसमा केही क्षति भएको सो संगठनले दावी गरेको छ। तर, सरकारी समाचार एजेन्सी सानाले भने इजरेली आक्रमण असफल पारिएको दावी गरेको छ।
केही संगठनहरुले विभिन्न स्थानमा भएका विस्फोटहरु इजरेली मिसाइललाई असफल पार्ने सिरियाली सेनाका कारण भएको बताएका छन्।







डिसी नेपाल








Facebook Comment