१७ वर्षपछि जमिनमुनिबाट निस्किएको किराले सुरक्षा घेरा तोडेर बाइडेनलाई आक्रमण गर्‍यो

डिसी नेपाल
२७ जेठ २०७८ ११:४८
20.3k
Shares

काठमाडौं। केही दिन पहिले अमेरिकामा एक खास किसिमको किरा जमिनमुनिबाट १७ वर्षपछि बाहिर निस्किएको खबर आएको थियो । अब यो कुरा फेरि एकपटक चर्चामा आएको छ किनकि यो किराले अमेरिकी राष्ट्रपति जो बाइडेनको पहिलो विदेश यात्रामा अवरोध खडा गरिदियो । बाइडेन बुधबार पहिलो विदेश यात्रामा निस्किने क्रममा यो किराले उनको यात्रा खल्बल्याइदिएको थियो ।

पोलिटिकोका अनुसार बाइडेन विमान चढ्नका लागि ज्वाइन्ट बेस एन्ड्रयुज गएर वायुसेनाका एक अधिकारीसँग कुरा गरिरहेका बेला सिकाडा नामको यो किरा उनको घाँटीमा गएर बसेको थियो । बाइडेनले किरालाई हटाएपछि त्यहाँ भएका पत्रकारहरुलाई पनि यो किरासँग सावधान रहन भनेका थिए । अमेरिकी राष्ट्रपतिको यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । बाइडेनको यो युरोप यात्राका लागि जान लागेका पत्रकारहरुको विमानलाई पनि यो किराले आक्रमण गरेको थियो जसका कारण विभान ७ घण्टापछि मात्रै उठाउन सकिएको थियो ।

यी किरा विमानको इन्जिनमा पनि पसेका थिए । यो विमान राती ९ बजे उड्ने तय थियो तर अवरुद्ध भएपछि राती सवा २ बजे मात्रै टेकअफको लागि तयार हुन सकेको थियो । अमेरिकाको वाशिङटन सिकाडा नामको यो किरा प्रभावित क्षेत्र हो । यी किराहरु अमेरिकाका १५ राज्यमा देखिएका छन् । यी किरा २००४ मा देखिएपछि अब २०३८ सम्म बाहिर नआउने बताइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.