आफ्ना नागरिकलाई भ्रमण गर्न दिन चीनसँग भारतको आग्रह

डिसी नेपाल
२७ जेठ २०७८ २२:१०

नयाँ दिल्ली । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।

दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो ।

भारतले विशेष गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूका लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो ।

बिहीबार भारतसमेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *