इराकको कुर्दिस्तानमा एक नेपाली युवतीले गरिन् आत्महत्या
कुर्दिस्तान। इराकको कुर्दिस्तानमा एक नेपाली युवतीले आत्महत्या गरेकी छन्। शुक्रबार सिन्धुपाल्चोककी राधामाया तामाङले आफ्नै कोठामा आत्महत्या गरेकी हुन्। उनी विगत पाँच वर्षदेखि श्रीमान, भाउजुसहित इराकको कुर्दिस्तान सुलेमानीमा बस्दै आएकी थिइन्। कामबाट फर्केपछि उनले आत्महत्या गरेकी हुन्।
पारिवारिक झगडामा उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। मृतकका श्रीमान र भाउजु हुँदाहुँदै नै कोठामा छिरेर ढोका बन्द गरेको र नखोले पछि झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा भेटिएको जनाइएको छ।
हाल शव पोस्टमार्टमका लागि शवगृहमा लगिएको छ भने श्रीमानलाई प्रहरीले थुनामा राखेर सोधपुछ गरिइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment