पुलित्जर पुरस्कारः जर्ज फ्लोएडको हत्याको भिडियो बनाउने किशोरीलाई विशेष पुरस्कार
काठमाडौं। यस वर्षको पुलित्जर पुरस्कारको घोषणा भएको छ । यस पटक ज्यूरीले एक विशेष पुरस्कार पनि दिने घोषणा गरेका छन् । यो विशेष पुरस्कार जर्ज फ्लोएडको हत्याको भिडियो बनाउने १७ वर्षकी किशोरी डेरेनिला फ्रेजियरलाई दिने घोषणा गरिएको छ ।
अमेरिकाको मिनियापोलिसमा गत वर्ष २५ मेका दिन अश्वेत व्यक्ति जर्ज फ्लोएडको पुलिसको हातबाट हत्या भएको थियो । पुलिस अधिकारीको यो क्रियाकलापलाई १७ वर्षकी एक किशोरी डेरेनिला फ्रेजियरले आफ्नो मोवाइलमा रेकर्ड गरेकी थिइन् । पछि यो भिडियो भाइरल भएको थियो र अदालतमा प्रमाणको रुपमा पेश गरिएको थियो । फ्रेजियरलाई यो बहादुरीको लागि विशेष पुलित्जर पुरस्कार दिने घोषणा गरियो ।
बेलायतमा बस्ने भारतीय मूलकी पत्रकार मेघा राजगोपालनलाई यस वर्षको अन्तर्राष्ट्रिय रिपोर्टिङ वर्गको पुरस्कार दिइएको छ । उनले चीनको शिनजियांगमा उइगर मुस्लिमहरुलाई कैदमा राख्नको लागि बनाइएका जेल र डिटेन्सन सेन्टरबारे रिपोर्टिङ गरेकी थिइन् । मेघा बजफिडका लागि काम गर्छिन् ।
यस वर्षको पब्लिक सर्भिस अवार्ड न्यूयोर्क टाइम्सलाई, ब्रेकिङ न्यूज रिपोर्टिङ अवार्ड स्टार ट्रिब्युनलाई, इन्भेस्टिगेटिभ रिपोर्टिङ अवार्ड बोस्टन ग्लोबका ५ पत्रकारलाई, एक्सप्लेनरी रिपोर्टिङ अवार्ड द अटलान्टिकका एड यंग र रोयटर्सका ५ पत्रकारलाई तथा लोकल रिपोर्टिङ अवार्ड टाम्पा बेका २ पत्रकारलाई दिइएको छ ।







डिसी नेपाल








Facebook Comment