३ वर्षका बालकलाई बचाउन २५ करोड रुपैयाँ मूल्य पर्ने सुइ लगाइयो
काठमाडौं। दुर्लभ किसिमको स्वास्थ्य समस्या स्पाइनल मस्कुलर अट्रोप्सी (एसएमए) बाट पीडित हैदराबादका ३ वर्षका बालक अयांशलाई विश्वकै सबैभन्दा महंगो औषधि जोल्गेन्स्मा दिइएको छ । यो औषधि किन्नको लागि उनका मातापिताले क्राउडफण्डिङबाट १६ करोड भारतीय रुपैयाँ (२५ करोड ६० लाख नेपाली रुपैयाँ) सहयोग उठाएका थिए । यति ठूलो रकम जम्मा गर्नको लागि उनीहरुलाई क्राउडफण्डिङमा ६५ हजार दाताहरुले सक्दो रकम दान गरेका थिए ।
हिन्दूस्तान टाइम्सका अनुसार यो औषधि अमेरिकाको नोभार्टिसबाट आयात गरिएको हो । औषधि जून ८ का दिन हैदराबाद आइपुगेको थियो । यसका लागि भारतको केन्द्र सरकारले सबै किसिमका आयात कर र वस्तु तथा सेवा कर (जीएसटी) माफ गरिदिएको थियो । सरकारी करको रकम समेत करिब ६ करोड रुपैयाँ पर्ने समाचारमा जनाइएको छ ।
अयांशलाई बचाउने अभियान फेब्रुअरी ४ मा सुरु भएको थियो जतिबेला अयांशका मातापिता योगेश गुप्ता र रुपाल गुप्ताले सामाजिक संजालमा अयांशको स्वास्थ्य समस्याबारे पोस्ट गरेर सहयोग उठाउने अभियान सुरु गरेका थिए । योगेश छत्तसिगढका हुन् र हैदराबादमा एक निजी कम्पनीमा काम गर्छन् । २३ मेसम्ममा उनीहरुले १६ करोड रुपैयाँ जम्मा गरेका थिए ।







डिसी नेपाल








Facebook Comment