नाली राम्रोसँग सफा नगरेको भन्दै सांसदले ठेकेदारको टाउकोमा फोहर खन्याइदिए (भिडियो)

डिसी नेपाल
३० जेठ २०७८ १६:३५
2.5k
Shares

काठमाडौं। बाटोछेउमा फोहर पानी बग्ने नाली ठिकसँग सफा नगरेको भन्दै एक सांसदले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएको भिडियो अहिले चर्चामा छ । भारतको महाराष्ट्रका शिवसेना पार्टीका सांसद दिलिप लांडेले एक जना ठेकेदारलाई दिएको यो सजाउ उनीमाथि नै भारी परेको छ । मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिए ।

विधायक दिलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न भनेका थिए तर ठेकेदारले कुरा नसुनेपछि आफूले सजाय दिएका हुन् । नाली ठिकसँग सफा नभएपछि नालीमा पानी भरिएर सडकभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो । तर, सांसदले यसरी ठेकेदारलाई सजाय दिएपछि भने अहिले उनकै आलोचना भइरहेको छ । उनले ठेकेदारको टाउकोमा फोहर खन्याएको भिडियो सामाजिक संजालमा भाइरल छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.