भारतमा फैलिएको डेल्टा भेरिएन्टले रुप बदलेर डेल्टा प्लस बन्यो

डिसी नेपाल
३१ जेठ २०७८ ९:५४
1.2k
Shares

काठमाडौं। पहिलोपटक भारतमा भेटिएको र भारतसहित नेपालमा महामारीको दोस्रो लहरमा अत्याधिक फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिएन्टले आफ्नो रुप बदलेर डेल्टा प्लस बनेको छ । डेल्टा प्लस पहिलेकोभन्दा संक्रामक बनेको वैज्ञानिकहरुले बताएका छन् । अहिले बिरामीहरुलाई लिइएको मोनोक्लोनल एन्टिबडी ककटेलले यो भेरिएन्टमा असर नगर्न सक्ने वैज्ञानिकहरुले आशंका गरेको टाइम्स अफ इण्डियाको एक रिपोर्टमा जनाइएको छ ।

भारतमा मोनोक्लोनल एन्टिबडी मे महिनाको सुरुवातमा आकस्मिक प्रयोगको लागि स्वीकृत भएको थियो । टाइम्सको रिपोर्टअनुसार बेलायतको स्वास्थ्य संस्था पब्लिक हेल्थ इङल्याण्ड (पिएचइ)ले डेल्टा भेरिएन्टका ६३ जीनोम नयाँ के४१७एन म्युटेसनको साथमा देखा परेका छन् । पिएचइका अनुसार डेल्टा भेरिएन्टमा परिवर्तनको नियमित जाँचको क्रममा डेल्टा प्लस पत्ता लागेको हो । कोभिड भेरिएन्टका बारे पीएचइको ताजा रिपोर्टअनुसार भारतमा ७ जूनसम्म डेल्टा प्लस भेरिएन्टका ६ केस भेटिइसकेका थिए ।

दिल्लीको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीका डा. विनोद स्केरियाका अनुसार के४१७एन म्युटेसनका विषयमा अहम चिन्ता यो हो कि यो एन्टिबडी ककटेल प्रतिरोधी भएको प्रमाण पाइएका छन् । यद्यपि उनले भारतमा के४१७एन म्युटेसनको आवृत्ति (फ्रिक्वेन्सी) धेरै नभएको पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.