पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।
ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको खनालकाे सचिवालयले जनाएकाे छ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका खनालको नर्भिक अस्पतालमा नै उपचार भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट फर्केका उनी घरमै आराम गरिरहेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment