२ मिलियन डलर बराबरका नोट झुण्ड्याएर बार सजाइयो, यो पैसाको कर पनि तिरिन्छ
काठमाडौं। अमेरिकाको फ्लोरिडामा पेन्साकोलाको म्याकगुएर्स आइरिस पब आफ्नो खाना र ड्रिंकभन्दा सजावटका कारण चर्चामा छ । यो पबको छतमा सक्कली नोटहरु झुण्ड्याएर राखिएको छ । एक अनुमानका अनुसार यो पबको छतमा २ मिलियन डलर बराबरका नोट झुण्ड्याइएका छन् । यसरी नोट झुण्ड्याएपछि यहाँ कैयौं पटक चोरीको कोसिस पनि भएको छ तर अहिलेसम्म हरेक पटक चोर समातिएका छन् ।
पबका मालिकले सजावटका लागि राखिएका यी नोटलाई पनि सम्पत्ति मानेर कर तिर्छन् । अर्थात यो पबको जति सम्पत्ति छ त्यसको कूल करमा २ मिलियन डलर बराबरको जति कर हुन्छ त्यो पनि जोडेर तिर्छन् । यो पब १९७७ मा मार्टिन म्याकगुएर र उनकी पत्नी मौलीले सुरु गरेका थिए । म्याकगुएरले बारको काम हेर्छन् र मौलीले टेबलको काम हेर्छिन् । पब खुलेपछि एक ग्राहकले मौलीलाई १ डलर टिप दिएका थिए । मौलीले त्यो नोटमा मिति लेखेर गुडलकको रुपमा त्यहीँ झुण्ड्याइदिइन् ।
त्यतिबेला उनलाई थाहा थिएन कि उनले जे गरिरहेकी छिन् त्यो भविष्यमा परम्परा बन्नेछ । तर, यो परम्परा बन्यो र आज पनि चलिरहेछ । मौलीले टिपमा पाएका नोट छतमा झुण्ड्याउँथिन् । यो देखेर पछि मानिसहरुले टिप दिने नोटमा अटोगफ दिन थाले । मौलीले नोटहरु झुण्ड्याउँदै गइन् । त्यही बेलादेखि यो संकलन बढिरहेको छ ।
म्याकगुएरका एक नजिकका व्यक्तिका अनुसार १५ हजार वर्गफिटमा फैलिएको यो पबमा हरेक छतमा डलर झुण्डिएका छन् । छतमा ठाउँ नपुगेपछि पबका मालिकले नोट भित्तामा झुण्ड्याउन थालेका छन् । मानिसहरुले यहाँबाट डलर चोरेर पनि जान्छन् तर ती नोटहरु बाहिर चल्दैनन् किनकि ती नोटमा मार्करले मिति लेखिएको हुन्छ र ती नोट पुलिसको पहिचानमा आउँछन् ।







डिसी नेपाल








Facebook Comment